बेलायतका राजकुमार आकस्मिक युक्रेन भ्रमणमा

हिमाल प्रेस २७ भदौ २०८२ १७:०३ | Friday, September 12, 2025
बेलायतका राजकुमार आकस्मिक युक्रेन भ्रमणमा

काठमाडौँ– बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुगेका छन्। यो उनको चार वर्षभित्र दोस्रो युक्रेन भ्रमण हो।

ह्यारीले स्थापना गरेको ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, रोगग्रस्त वा सेवामा रहेका सैनिक तथा पूर्वसैनिकका लागि प्यारालिम्पिक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो। युक्रेन समेत यो खेल आयोजना गर्ने दावेदार मुलुकमध्ये एक हो।

उनका प्रतिनिधिहरूले आगमनको पुष्टि गर्दै सैनिकहरूको पुनःस्थापना र उपचार प्रक्रियामा उनको निरन्तर सहयोग रहने जनाएका छन्।

राजधानीतर्फको रात्रि रेलयात्रामा ह्यारीले गार्डियनसँग भने, ‘हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनःस्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ।’-रासस/एपी

प्रकाशित: २७ भदौ २०८२ १७:०३ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast