
पोखरा- कास्की जिल्ला अदालत र उच्च अदालत पोखराका सबै सेवा अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ। दुवै तहका अदालतले छुट्टाछुट्टै सूचना जारी गरी यस्तो जानकारी दिएका हुन् ।
जेनजीको आन्दोलनका कारण मंगलबार दुवै अदालतमा तोडफोड र आगजनी हुँदा भौतिक सामग्री तथा महत्वपूर्ण मिसिलहरु जलेर नष्ट भएका थिए।
मुद्दाका मिसिलहरु, कम्प्युटर, प्रिन्टर लगायतका सम्पूर्ण भौतिक सामग्री, इजलास समेत जलेर नष्ट भएको बताइएको छ ।
प्रकाशित: २६ भदौ २०८२ ९:३४
प्रतिक्रिया