एमाले नेता महेश बस्नेत भन्छन्- घरबारविहीन भएँ, बुबाआमा र श्रीमतीलाई जिउँदै आगो लगाउन खोजियो

हिमाल प्रेस २५ भदौ २०८२ १४:५७
एमाले नेता महेश बस्नेत भन्छन्- घरबारविहीन भएँ, बुबाआमा र श्रीमतीलाई जिउँदै आगो लगाउन खोजियो एमाले नेता महेश बस्नेत।

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका कारण आफ्नो घर जलेर ध्वस्त भएको र परिवारसहित जोखिममा परेको जानकारी दिएका छन्।

बस्नेतले फेसबुकमा लेखेअनुसार मंगलबार भएको हिंसामा उनका ७७ वर्षीय बुबा, ७२ वर्षीय आमा र राजनीति चासो नराख्ने श्रीमतीमाथि जिउँदै आगो लगाउने प्रयास भएको थियो। उनले भनेका छन्,‘घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारियो। आमाबुबालाई औषधी र कपडासमेत लिन दिइएन।’

बस्नेतले आफ्नो घर ध्वस्त भएको र २ करोड ५० लाख रुपैयाँ ऋण बोकेको जानकारी पनि दिएका छन्। यसमा वाणिज्य बैंक बानेश्वर शाखाबाट १ करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख र साना किसान सहकारी गुण्डुबाट ८५ लाख रुपैयाँ रहेको छ।

बस्नेतले आन्दोलनमा भएको घुसपैठ र जेलबाट रिहा भएका अपराधीप्रति आपत्ति जनाउँदै यसले हिंसा बढाएको दाबी गरेका छन्। उनले निर्दोष रहे पीडाको मुआब्जा र घर पुनर्निर्माणको माग गर्दै दोषी भए उचित सजाय भोग्न तयार रहेको पनि बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast