
काठमाडौँ- काठमाडौँको डिल्ली बजार करागारबाट भाग्ने कैदीहरूको प्रयासलाई सेनाले विफल पारिदिएको छ। कारागारभित्रबाट बाहिर निस्किए पनि नेपाली सेनाले उनीहरूलाई गेटमै रोकेका हुन्।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट बन्दीहरू भागेका छन्। नख्खु कारागार, महोत्तरीको जलेश्वर कारागार, कैलाली कारागारलगायतबाट बन्दीहरू भागेका छन्।
त्यस्तै काभ्रे र वीरगञ्ज कारागारबाट निस्किने बन्दीहरूको प्रयास सफल हुन नसकेको छैन।
प्रकाशित: २५ भदौ २०८२ १४:०१
प्रतिक्रिया