जेनजीका माग सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सबै पक्षसँग फिल्मकर्मीहरूको साझा आह्वान

हिमाल प्रेस २४ भदौ २०८२ १६:१४
30
SHARES
जेनजीका माग सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सबै पक्षसँग फिल्मकर्मीहरूको साझा आह्वान

काठमाडौँ- जेनजीका मागहरु सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सरकारका सबै पक्षसँग नेपाली फिल्मकर्मीहरूले आह्वान गरेका छन्।

देशमा विद्यमान विकृति, विसंगति र भ्रष्टाचार उन्मुलनका लागि सरकारी तत्परताको माग राख्दै जेनजीको आन्दोलनलाई समर्थन स्वरुप सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूले यस्तो माग गरेका हुन्।

‘अब सबै पक्षबीच सरसल्लाह गरी नागरिक सरकार गठन गरेर शान्ति सुव्यवस्था कायम गरी नयाँ निर्वाचनको तयारी गर्नुपर्छ,’ पोस्टमा भनिएको छ, ‘साथै जेनजी आन्दोलन दबाउन भूमिका खेल्ने सम्पूर्ण पक्षलाई विशेष छानविन आयोग गठन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ। अहिलेको मुख्य समस्या रहेको भ्रष्टाचार रोक्न विशेष अधिकारको आयोग बनाउन तत्काल निर्णय गर्न पनि आग्रह गर्दछौँ।’

देशको राजनीतिक रूपान्तरणको संवेदनशील क्षणमा सबैले धैर्यताका साथ देश हितमा शान्ति पूर्वक र समाधानमुखी कदम चाल्नुपर्ने आवश्यकता रहेको उनीहरूको निष्कर्ष छ।

उनीहरूले जेनजीको आन्दोलन सफलताको वाटोमा अगाडी बढिसकेको हुँदा अब राष्ट्रिय सम्पत्तिहरूको तोडफोड र नास नगर्न अनुरोध पनि गरेका छन्।

फिल्मकर्मीले शान्तिपूर्वक भैरहेको आन्दोलन दबाउन सरकारद्वारा गरिएको बर्बर दमन र १९ जनाको ज्यान जाने गरी भएको नर संहारले हृदय छिया छिया भएको पनि बताएका छन्। साथै उनीहरूले आन्दोलनको क्रममा सरकारले गोली हानेर मारिएका सबै युवाप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइलेहरूको शिध्र स्वास्थ लाभको कामनासमेत गरेका छन्।

यी हुन् साझा आह्वानमा जोडिएका फिल्मकर्मी

मनोज पण्डित
नविन सुब्वा
दयाहाङ राई
निश्चल बस्नेत
अविरल थापा
साम्पियराज तिमल्सिना
रामकृष्ण पोख्रेल
गणेशदेव पाण्डे
अनुप बराल
सुरक्षा पन्त
केकी अधिकारी
ऋचा शर्मा
स्वस्तिमा खड्का
खगेन्द्र लामिछाने
केपी पाठक
सचिन घिमिरे
दिपेन्द्र खनाल
विनोद पौडेल
दिपक रौनियार
निरोज महर्जन
पुरेन्दु झा।

प्रकाशित: २४ भदौ २०८२ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast