यस्ता छन् जेनजी आन्दोलन रोक्ने जनार्दन शर्माका ६ सूत्र

हिमाल प्रेस २४ भदौ २०८२ १२:५१
170
SHARES
यस्ता छन् जेनजी आन्दोलन रोक्ने जनार्दन शर्माका ६ सूत्र

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभावकर’ ले जेनजी आन्दोलन समाधानका लागि ६ बुँदे प्रस्ताव गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सरकारले अविलम्ब राजीनामा दिनुपर्ने र कर्फ्यु हटाउँदै दमन रोक्नुपर्ने बताएका छन्। शर्मा भन्छन्,‘अबको पहिलो कदम भनेको सरकारको राजीनामा, राजीनामा र फेरि पनि राजीनामा हो।’

उनले जेनजी आन्दोलनलाई शान्तिपूर्ण र संयमित ढंगले अघि बढाउन आग्रह गर्दै सरकारको तर्फबाट संवादका ढोका खोल्नुपर्ने धारणा राखेका छन्।

सोमबार सरकारले १९ जना युवाको गोली हानेर हत्या गरेपछि आज देशव्यापी रूपमा आन्दोलन चर्किएको छ।

शर्मा  भन्छन्- अब के गर्ने?

१. पहिलो कुरा सरकारले राजीनामा दिने, राजीनामा दिने, राजीनामा दिने!!! कर्फ्यु हटाउने, सरकारको दमन बन्द गर्ने।
जेन्जीले आन्दोलनलाई शान्तिपूर्ण रूपमा र संयमित ढंगले सञ्चालन गर्ने।

२. सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने। जसमा नागरिक समाज, बुद्धिजीवी पार्टीका प्रतिनिधि Jen-Z समेतको प्रतिनिधित्व सहितको गोलमेच सम्मेलन गर्ने। अर्थात राजनैतिक संयन्त्र निर्माण गरौं जसले संबिधान र लोकतन्त्रमा आधारित भई निकास, नीति र बिधि तयार गरोस् ।

३. भाद्र २३ गतेको नरसंहार बारे न्यायीक छानबिन गर्न न्यायीक आयोग र हालसम्म सरकारी ओहोदामा रहेका सबैको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्ने।

४. नेपालको राजनैतिक परिवर्तन र आन्दोलनको इतिहास सफलताका रूपमा लिने र देश र जनताको अवस्था फेर्नमा असफलताका कारणहरु पहिचान गर्ने।

५. राज्य संयन्त्र भित्र जेलिएको भ्रष्टाचार युक्त संस्कार, व्यवहार, संयन्त्रको जालो भत्काउन राजनैतिक प्रशाशनिक क्षेत्रको सुधार गर्ने बिषयलाई पनि एजेन्डा बनाऔं।

६. पार्टीका मुख्य नेताहरू र आवस्यकतामा विभिन्न तहले आ-आफ्नो ठाउँमा त्याग गर्ने र नयाँ शिराबाट पुनर्गठन गर्ने घोषणा तत्काल गरौं। म पार्टीका दोश्रो, तेस्रो भनिएका साथीहरूलाई अनुरोध गर्दछु। जेन-जी पुस्ताका मागहरूप्रति गम्भीर बन्दै राष्ट्रिय संकट समाधान गर्न पार्टी भन्दा माथि उठेर विकल्पका लागि सामुहिक परामर्श गरौं। हाम्रा कमजोरीहरु सच्याउने प्रतिबद्धताका साथ राष्ट्रका लागि संकल्प गरौं।
जनता भन्दा माथि कोहि थिएन छैन र हुँदैन भन्ने तथ्य फेरि एक पटक सावित भएको छ।

 

प्रकाशित: २४ भदौ २०८२ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast