देशभर चर्कियो जेनजी प्रदर्शन, कहाँ के भइरहेको छ?

हिमाल प्रेस २४ भदौ २०८२ ११:३०
16
SHARES
देशभर चर्कियो जेनजी प्रदर्शन, कहाँ के भइरहेको छ?

काठमाडौँ- सरकारी दमनमा १९ जना युवाको ज्यान गएको घटनापछि मंगलबार देशभर आन्दोलन थप चर्किएको छ। प्रदर्शनको दोस्रो दिन आज नेताहरूका निवास, पार्टी कार्यालयहरू र सरकारी निकायहरू प्रदर्शनकारीहरूको निशाना बनेका छन्।

जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा भएको छ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयभित्रै प्रदर्शनकारी प्रवेश गरेका छन्।

कोशी प्रदेशसभा सचिवालय अगाडि पनि विरोध प्रदर्शन गरिएको छ। राजधानीको संसद् भवन परिसरमा मंगलबार बिहानैदेखि युवा जुटेर प्रदर्शन जारी राखेका छन्। सर्लाहीमा प्रदर्शनकारीहरूले नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन्।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घर, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवास, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोड र आगजनी भएको छ।

सरकारी दमनको विरोधमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितका मानव अधिकारकर्मीहरू समेत आज सडकमा उत्रिएका छन्। उनीहरूले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनु मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै सरकारसँग जवाफदेहिताको माग गरेका छन्।

प्रकाशित: २४ भदौ २०८२ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast