
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा वडा कार्यालय भवन निर्माण गरिएको छ।
तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन्। भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए।
केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए।
प्रकाशित: २० भदौ २०८२ ११:०८
प्रतिक्रिया