छाउगोठमा सुतेका दुईको भीरबाट खसेको ढुंगाले किचेर मृत्यु

हिमाल प्रेस १३ भदौ २०८२ १०:२२ | Friday, August 29, 2025
छाउगोठमा सुतेका दुईको भीरबाट खसेको ढुंगाले किचेर मृत्यु

अछाम- छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुंगाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन्। नेपाल प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो।

पञ्चदेवल विनायक नगरपालिका-८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका-६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुंगाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए।

उक्त घटनामा घाइते भएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए। रासस

प्रकाशित: १३ भदौ २०८२ १०:२२ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast