नेपालमाथि साउथ अस्ट्रेलियाको जित

हिमाल प्रेस १२ भदौ २०८२ १०:१९
10
SHARES
नेपालमाथि साउथ अस्ट्रेलियाको जित

काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले बिहीबार भएको पहिलो अभ्यास टी २० खेलमा साउथ अस्ट्रेलिया (एसए)सँग पराजित भएको छ ।

नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गरेको हो। टी ब्राउनले अन्तिम बलमा चौका प्रहार गरेपछि साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो । ओपनर निक विन्टरले ३६ रन बनाए भने अर्का ओपनर तथा कप्तान म्याकेन्जी हार्भेले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए । रोहित पौडेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन तथा ओपनर आशिफ शेखले २२ रन बनाए । साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्‍यारी मानेन्तीले २-२ विकेट लिए भने जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १-१ विकेट लिए ।

टप एन्ड टी २० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको छ ।

प्रकाशित: १२ भदौ २०८२ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast