ईश्वरीले दिइन् संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा

हिमाल प्रेस १० भदौ २०८२ १४:१५
58
SHARES
ईश्वरीले दिइन् संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने। तस्बिर : फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन्। उनले केहीबेरअघि राजीनामा दिएको प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता रामहरि खतिवडाले पुष्टि गरे।

संसदीय सुनुवाइ समिति प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति हो। खतिवडाका अनुसार कांग्रेसले न्यौपानेलाई प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउँदैछ। उनी सत्तारुढ दलको तर्फबाट उम्मेदवारी दिने तयारी गरेकी छन्।

प्रकाशित: १० भदौ २०८२ १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast