तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस, चिकित्सक भन्छन् : स्नायु प्रणालीलाई अंगभंग बनाउन सक्छ

हिमाल प्रेस १० भदौ २०८२ ७:३१
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस, चिकित्सक भन्छन् : स्नायु प्रणालीलाई अंगभंग बनाउन सक्छ

तनहुँ- तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको हो ।

नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा ती वृद्धमा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।

ती वृद्धमा जापानिज इन्सेफलाइटिस संक्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क परीक्षण तथा जनचेतना कार्यक्रम गरेको छ । कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा उक्त वडामा पुगेर स्थानीयवासीको सम्पर्क परीक्षण गरिएको कँडेलले जानकारी दिए ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा संक्रमण हुने रोग हो । यसले संक्रमितको स्नायु प्रणालीलाई अंगभंग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित: १० भदौ २०८२ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast