‘हिमालय रोडिज’ सातौं सिजनको प्रोमो सार्वजनिक, भदौ १६ देखि प्रसारण

हिमाल प्रेस ९ भदौ २०८२ १५:१२
6
SHARES
‘हिमालय रोडिज’ सातौं सिजनको प्रोमो सार्वजनिक, भदौ १६ देखि प्रसारण

काठमाडौँ- टेलिभिजन रियालिटी सो ‘हिमालय रोडिज’ सातौं सिजनको प्रोमो सार्वजनिक भएको छ। हिमालय रोडिजको अफिसियल युट्युब च्यानलबाट एक मिनेट ३ सेकेन्डको प्रोमो सार्वजनिक गरिएको हो।

‘हेल मिट्स हेभन’ थिम राखिएको प्रोमोमा चार जना ग्याङ लिडर (निर्णायक) र केही टास्कहरू देखाइएको छ। सातौं सिजनको  निर्णायकमा अनुपविक्रम शाही, प्रियंका कार्की, आशिष राना (लाहुरे) र कविता नेपाली छन्। सो रेमनदास श्रेष्ठले सञ्चालन गर्नेछन्।

सो यही भदौ १६ देखि प्रसारण हुनेछ। सो साताको सोमबार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ।

प्रकाशित: ९ भदौ २०८२ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast