नेपाली सेनामा अधिकृत क्याडेटका लागि २८० जनामा भर्ना खुला

हिमाल प्रेस ६ भदौ २०८२ ९:३६ | Friday, August 22, 2025
नेपाली सेनामा अधिकृत क्याडेटका लागि २८० जनामा भर्ना खुला

काठमाडौँ- नेपाली सेनाले अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलाएको छ। सेनाको भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार कुल २८० जनाका लागि दरखास्त आह्वान गरिएको हो।

खुलातर्फ १४६ जनाका लागि भर्ना खुलाइएको छ भने सैनिक तालिम वा कर्तव्यपालनको क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त भएका नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको कोटा छुट्याइएको छ।

त्यसैगरी, महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जना आरक्षण गरिएको सेनाले जनाएको छ।

दरखास्त दिन आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म तोकिएको छ। दरखास्त दस्तुर रु १,००० कायम गरिएको छ। यस्तै, असोज ५ गतेदेखि ११ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ।

प्रकाशित: ६ भदौ २०८२ ९:३६ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast