आजको फलफूलको थोक मूल्य सार्वजनिक

हिमाल प्रेस ६ भदौ २०८२ ९:१७
8
SHARES
आजको फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको थोक मूल्य तोकेको छ। समितिका अनुसार स्याउ (झोले) प्रतिकिलो रु २५० र स्याउ (फुजी) प्रतिकिलो रु ३२० निर्धारण गरिएको छ।

केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३६०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६० र जुनार प्रतिकिलो रु २५० कायम भएको समितिले जनाएको छ।

त्यसैगरी, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ५० तोकिएको छ। नास्पाती (लोकल) प्रतिकिलो रु १०० र नास्पाती (चाइनिज) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ।

फलफूलमध्ये मेवा (नेपाली) प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५०, लप्सी प्रतिकिलो रु ६५, किबी प्रतिकिलो रु ४०० र आभोकाडो प्रतिकिलो रु ३५० कायम गरिएको समितिले जानकारी दिएको छ।

प्रकाशित: ६ भदौ २०८२ ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast