मेलबर्नविरुद्ध नेपाली टोली १३९ रनमा समेटियो

हिमाल प्रेस ४ भदौ २०८२ १२:५७ | Wednesday, August 20, 2025
मेलबर्नविरुद्ध नेपाली टोली १३९ रनमा समेटियो

काठमाडौँ। अष्ट्रेलियामा जारी टप इन्ड टी २० शृंखला अन्तर्गत आफ्नो पाँचौ म्याचमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीसमक्ष १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोडेको हो। खेलका लागि पाँच खेलाडी परिवर्तन गरेको नेपालका कुशल मल्लले सबैभन्दा बढी २९ रन बनाए। कप्तानको भूमिकामा रहेका दीपेन्द्रसिंह ऐरीले २७ रन र लोकेश बमले २४ रन जोड्न सके।

बलिङमा मेलवर्नका फर्ग्युस ‌ओुनिल, कोलुम स्ट, लाच्लान बाङ र माइकल आर्चरले २-२ विकेट लिए। होबार्ट हुरिकेन्सविरूद्ध खेलेका आसिफ शेखसहित कप्तान रोहितकुमार पौडेल, करण केसी, रिजन ढकाल र सन्दीप लामिछाने आजको टोलीमा छैनन्।

आज टोलीमा फर्किएका दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ भने लोकेश बम विकेटकिपरको रुपमा छन्। यस्तै गुल्सन झासहित गतिका बलरद्वय रुपेश सिंह र सोमपाल कामी आज टोलीमा छन्। सन्दीपको स्थानमा शाहब आलामले खेल्दैछन्।

हिजो खेलेका कुशल भुर्तेल, लोकेश बम, भीम सार्की, आरिफ शेख, कुशल मल्ल र नन्दन यावद गरी ६ खेलाडी भने निरन्तर छन्।

यसअघि नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय भोग्दा एक खेलम जित निकालेको छ। नेपालले मंगलबार होबार्ट हुरिकेन्सलाई ६६ रनले हराएको थियो। सुरुवाती तीन खेलमा भने नेपाल पराजित भएको थियो। नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।

प्रकाशित: ४ भदौ २०८२ १२:५७ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast