ग्यास्ट्रोएन्टेरोलोजी र न्यूरोलोजी उपचारमा नयाँ दिल्लीस्थित एपोलोको छलाङ

हिमाल प्रेस १ भदौ २०८२ १८:४६
18
SHARES
ग्यास्ट्रोएन्टेरोलोजी र न्यूरोलोजी उपचारमा नयाँ दिल्लीस्थित एपोलोको छलाङ

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालले ग्यास्ट्रोएन्टेरोलोजी र न्यूरोलोजीको उपचारमा पछिल्लोपटक नयाँ विकास र प्रविधिमा छलाङ मारेको छ। अस्पतालले यसबारे जानकारी दिँदै नेपालको लागि पनि खुसीको खबर भनेको छ। एपोलोमा नेपालबाट पनि हजारौँ बिरामी जाने हुनाले यस्तो प्रविधिबारे जानकारी दिन दुई वरिष्ठ चिकित्सकले काठमाडौँमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

यसको सहजीकरण एपोलोको कस्मेटिक क्लिनिक तथा जनसम्पर्क म्यानेजर उषा अधिकारीले गरेकी थिइन्। अस्पतालका वरिष्ठ चिकित्सकहरुले यस क्षेत्रको उपचारमा अस्पतालले प्रदान गरिरहेका सेवाहरूको बारेमा विस्तृतमा जानकारी गराएका थिए।

कार्यक्रममा सिनियर कन्सलटेन्ट ग्यास्ट्रोएन्टेरोलोजी हेपाटोलोजी डा. सञ्जय सिक्काले ग्यास्ट्रोएन्टेरोलोजी, कलेजो र प्याट्रियाटिक रोगहरूको बारेमा बताउँदै जीवनशैलीमा परिवर्तन गर्न आग्रह गरे। हतारमा खाना नखाने, समय लगाएर खाना खाने, साँझ खाना खानेबित्तिकै नसुत्ने र फाइबरयुक्त खाना खान सुझाए। उनले व्यायामलाई निकै जोड दिँदै भने, ‘दैनिकी शैली परिवर्तन अहिलेको आवश्यकता हो। यसो गर्दा पनि रोग लागेमा हामी उपचार गर्छौँ, नयाँ नयाँ प्रविधिबाट।’

त्यसै गरी न्यूरोलोजीका सिनियर कन्सलटेन्ट डा. पीएन रेनवजेनले पनि न्यूरोलोजिकल डिसअर्डरको उपचारमा पछिल्लोपटक अपनाइएका शैली र तरिकाबारे विस्तृतमा जानकारी दिए। पछिल्लो वर्षहरूमा सो अस्पतालले पाचन, हेपाटोबिलियरी हेरचाहमा प्राप्त विश्वास, नवीनता र उत्कृष्ट बेन्चमार्कहरूको बारेमा जानकारी गराएका थिए।

‘हाम्रो अपस्तालमा पछिल्लो केही वर्षयता न्यूरोलोजीको क्षेत्रमा धेरै नयाँ प्रगतिहरू देखिएको छ। यदि समयमै र नयाँ प्रविधिका साथ हस्तक्षेप गर्ने हो भने बिरामी निको हुने र गुणस्तरीय जीवन जिउने कुरामा उल्लेख मात्रामा सुधार आउँछ,’ डा‌. पीएनले भने, ‘भारतको अपोलो अस्पतालमा रहेको इन्स्टिच्युट अफ न्यूरोसाइन्सेस स्ट्रोक, टाउको दुखाइ, मिर्गी, कोमा, न्यूरोप्याथी, मल्टिपल स्क्लेरोसिस, मायोप्याथी, पार्किन्सन रोग, मायस्थेनिया ग्रेभिस, टाउकोमा चोटपटक, ट्युमर, स्पाइनल डिसअर्डर र अन्य धेरै स्नायु रोगहरूको उपचार गर्न सुसज्जित छ।’

कार्यक्रममा डाक्टर र सञ्चारकर्मीहरुबीचमा उपचारमा पछिल्लो पटक प्रयोग भएका प्रविधि, विधि, बिरामीको हेरचाह रणनीति लगायतका क्षेत्रमा र अस्पतालले गरेका प्रगतिहरूबारे अन्तरक्रिया भएको थियो। जसले एपोलो अस्तपालले दिने सेवाहरूको विषयमा नेपाली सञ्चारकर्मीले नयाँ जानकारी पाएका छन्। पत्रकारले जानकारी पाउनु भनेको नै उनीहरू रहेको मुलुकको नागरिकले जानकारी पाउने र लाभान्वित हुने अवस्था आउने विश्वास पनि चिकित्सकको थियो।

ग्यास्ट्रोएन्टेरोलोजी, कलेजो र अन्य पाचन प्रणालीका सम्बन्धमा बिरामीहरूलाई बृहत् रुपमा सेवा उपलब्ध गराइरहेको र यसका लागि छुट्टै विभागको गठन समेत भएको उनले बताए। सो विभाग सम्पूर्ण रूपमा यी सेवा उपलब्ध गराउनका लागि सम्पूर्णरूपमा लागिरहेको जानकारी दिँदै डा. सिक्काले भने, ‘हामी एदकमै सटिक निदान र कारण पत्ता लगाउने उपचारमा केन्द्रित छौँ। बिरामीलाई छिटो निको पार्नका लागि हामी एकदमै उच्च उपचारात्मक इन्डोस्कोपी र बिरामीको हेरचाहको नवीनतम विधि अपनाइरहेका छौँ।’

विभागले एकदमै उच्च खालको सेवाहरू दिइरहेको छ, जस्तैः उच्च गुणस्तरको उदान, उपचारात्मक इन्डोस्कोपी, क्यासुल इन्डोस्कोपी, सेसोफेगल पीडी मोनिटरिङ एण्ड म्यानोमेट्री रहेका छन्। यसलाई उच्च विधि जस्तो इरसीपी, ईयूएस, ईएमआर, ईएसडी, ईएचएल स्पाईग्लास कोलाङ्गाइस्कपी र प्याङक्रेटोस्कपीले उच्च बनाइरहेको छ। साथै, नयाँ प्रविधिहरु पनि थप गरिएको छ। विशेष ग्यास्ट्रोएन्टेरोलोजी सुविधाहरू भएको भारतको सबैभन्दा ठूलो नेटवर्क रहेको छ भने ग्यास्ट्रोइटेस्टाइनल प्रक्रिया र उपचारमा अभूतपूर्व प्रगतिहरू गरिरहेको छ। भारतका दुई सयभन्दा बढी शीर्ष ग्यास्ट्रोएन्टेरोलोजिस्ट र जीआई सर्जनहरू छन् भने अत्याधुनिक एन्डोस्कोपी र शल्यक्रिया सुविधाहरू एपोलोमा छ।

विश्वभरका बिरामीहरूलाई विश्वस्तरीय विशेषज्ञता प्रदान गर्दै आएको एपोलो अस्पतालको स्थापना सन् १९८३ मा भारतमा आधुनिक स्वास्थ्य सेवाको रूपमा भएको हो। अहिले यसको संरचना भारतभरि नै फैलिएको छ। एपोलो अस्पताल एसियाको अग्रणी एकीकृत स्वास्थ्य सेवा प्रदायकको रूपमा देखा परेको छ। अस्पताल, फार्मेसी, प्राथमिक हेरचाह र डायग्नोस्टिक क्लिनिकहरू र धेरै खुद्रा स्वास्थ्य मोडेलहरू सहित स्वास्थ्य सेवा इकोसिस्टममा यसको बलियो उपस्थिति छ।

समूहसँग धेरै देशहरूमा टेलिमेडिसिन सुविधाहरू, स्वास्थ्य बीमा सेवाहरू, ग्लोबल प्रोजेक्ट्स कन्सल्टेन्सी, मेडिकल कलेजहरू, ई-लर्निङका लागि मेडभर्सिटी, नर्सिङ र अस्पताल व्यवस्थापन कलेजहरू र एक अनुसन्धान प्रतिष्ठान पनि छ। यो उच्च प्रविधिले ब्रेनको सर्जरीमा परम्परात प्रविधिको विकल्प दिएको छ। त्यसै गरी अस्पतालले क्यान्सरको उपचारमा नयाँ नयाँ प्रविधिहरू ल्याइरहेको जानकारी दिइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast