आइतबार लुम्बिनीमा सार्वजनिक बिदा

हिमाल प्रेस ३१ साउन २०८२ २०:५८
208
SHARES
आइतबार लुम्बिनीमा सार्वजनिक बिदा

पोखरा- पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथसहितको सिन्दुरजात्राको तयारी पूरा भएको छ। यस वर्ष आइतबार २०६औँ भगवती खट यात्राका रूपमा विजयोत्सव निकाल्न लागिएको हो। नेपाल–अंग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा यात्रा निकालिँदै आएको छ।

प्रत्येक वर्ष यहाँ श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सवस्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको छ। यस वर्षको भगवती जात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए।

तत्कालीन नेपाली सेनाका पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्ध जितेमा तीनतले मन्दिर बनाइ भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेको किंवदन्ती छ।

युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेको र सोही परम्परा हालसम्म चल्दै छ। जात्राका अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

*तस्बिर र शीर्षक सच्याइएको छ।

प्रकाशित: ३१ साउन २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast