‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

हिमाल प्रेस २९ साउन २०८२ १७:०२ | Thursday, August 14, 2025
‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

यसअघिको बैठकमा गणपुरक संख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताए।

आजको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम हटाइएको उनले जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक भदौ ४ गते दिनको १ बजे बस्नेछ।

प्रकाशित: २९ साउन २०८२ १७:०२ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast