कुलिङ अफ पिरियडमा छेडछाड गर्नेले राजीनामा दिएर सुख पाउँदैन, सजाय हुनुपर्छ : सांसद प्रधान

हिमाल प्रेस २९ साउन २०८२ १५:०४
28
SHARES
कुलिङ अफ पिरियडमा छेडछाड गर्नेले राजीनामा दिएर सुख पाउँदैन, सजाय हुनुपर्छ : सांसद प्रधान

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले कुलिङ अफ पिरियडको व्यवस्थामा जानाजानी छेडछाड गर्ने व्यक्तिले केवल राजीनामा दिएर मात्र नहुने बताएका छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियतवश गल्ती गर्ने व्यक्तिले कानुनी सजाय भोग्नुपर्ने र त्यसो नगरे सबै सांसदले राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।

बैठकमा प्रधानले भने,‘कुलिङ अफ पिरियडको व्यवस्थामा छेड्खानी गर्ने व्यक्तिले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन? जसले नियतवस गल्ति गरेको छ उसले सजायको भोगि भएन भने सबै माननीयज्यूहरूले राजीनामा दिनुपर्ने अवस्थाहरू हुन सक्छन्। तैपनि यो सदन अडेको छ, छानविन समिति गठन भयो।’

निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा चलखेल गरेको आरोप लागेपछि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए।

त्यसैगरी, प्रधानले श्रम मन्त्रालयअन्तर्गतका मेनपावरको जालोका कारण भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय र इमिग्रेशन समेत मुछिने अवस्था आएको बताए। ‘भिजिट भिसामार्फत गएर रोजगारी पाइन्छ भन्ने भ्रम फैलाएर तस्करी गर्नेहरूलाई कानूनी कारबाहीबारे कुनै पहल देखिँदैन,’ उनले भने, ‘गृहमन्त्रीको राजीनामासँग मात्र यो विषयको सम्बन्ध छैन, यसबारे हामी पटकपटक कुरा उठाइसकेका छौं।’

प्रकाशित: २९ साउन २०८२ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast