
काठमाडौँ- टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ गएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ ।
टर्कीका गृहमन्त्री अली येर्लिकायाले भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको बताए। भूकम्पका कारण १६ वटा भवन भत्किएको र २९ जना घाइते भएको अली येर्लिकायाले बताए।
प्रकाशित: २६ साउन २०८२ ७:५८
प्रतिक्रिया