पोखराका सबैभन्दा ज्येष्ठ नागरिक दाहालको १०६ वर्षमा निधन

हिमाल प्रेस २४ साउन २०८२ २०:२३
22
SHARES
पोखराका सबैभन्दा ज्येष्ठ नागरिक दाहालको १०६ वर्षमा निधन

पोखरा– पोखराका सबैभन्दा ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको निधन भएको छ। उनको १०६ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

उनी २० वर्षदेखि पोखरा १७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित रहँदै आएका वृद्धाश्रम अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए। स्व. दाहालको पोखराको दोविल्ला घाटमा अन्त्येष्टि गरिएको छ।

वृद्धाश्रम अध्यक्ष पराजुलीका अनुसार दाहालको गत ५ दिनदेखि स्वास्थ्य अत्यन्त कमजोर भएको थियो।

पोखराकै सबैभन्दा ज्येष्ठ नागरिक भएकाले पोखरा महानगरपालिकाले गत वर्ष दाहाललाई ‘नगर पिता’ को रुपमा सम्मानसमेत गरेको थियो।

कास्कीको माछापुच्छ्रे गाउँपालिका, लाहाचोकमा जन्मिएका दाहाल सानै उमेरदेखि बेसहारा थिए। उनी पोखरा २१, निर्मलपोखरीस्थित अशोक र भरत रायमाझीको परिवारको संरक्षणमा बस्दै आएकोमा रायमाझी परिवारकै सहयोगमा २० वर्षदेखि वृद्धाश्रम थिए।

प्रकाशित: २४ साउन २०८२ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast