शिक्षा विधेयकप्रति महासंघको असन्तुष्टि, आन्दोलनको चेतावनी

हिमाल प्रेस २४ साउन २०८२ ७:४८
266
SHARES
शिक्षा विधेयकप्रति महासंघको असन्तुष्टि, आन्दोलनको चेतावनी

भक्तपुर- नेपाल शिक्षक महासंघले संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत विद्यालय शिक्षा विधेयकप्रति गम्भीर असन्तुष्टि जनाउँदै फेरि आन्दोलनको चेतावनी दिएको छ।

महासंघका अनुसार विधेयकमा शिक्षक सरुवा, बढुवा, स्थायीत्व, ट्रेड युनियन अधिकार लगायतका विषयमा पुराना सहमति अनुसारको व्यवस्था नभएको पाइएको छ।

महासंघले २०८२ भदाै दोस्रो साताबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको छ। महासंघको विस्तारित कार्यालय बैठकले काठमाडौँमा भदाै ३ र ४ गते राष्ट्रिय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ।

प्रकाशित: २४ साउन २०८२ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast