सकियो ‘परिवर्तन’ को छायांकन, मुख्य भूमिकामा सुशील र अञ्जना 

हिमाल प्रेस २० साउन २०८२ १६:१२ | Tuesday, August 5, 2025
सकियो ‘परिवर्तन’ को छायांकन, मुख्य भूमिकामा सुशील र अञ्जना 

काठमाडौँ-  फिल्म ‘परिवर्तन’ को छायांकन सकिएको छ। फिल्मका निर्माता दीपक शिवाकोटीका अनुसार फिल्मका दुई गीतबाहेक अन्य छायांकन  सकिएको हो। फिल्ममा समावेश राष्ट्रिय र लोकगीत गरी दुई गीत समावेश गरिने उनले बताए।

फिल्म झापाका बुद्धशान्ति र कचनकवल गाउँपालिका, भद्रपुर, कन्काईमाई, मेचीनगर र अर्जुनधारा नगरपालिका, बिर्तामोडसहित विराटनगरमा छायांकन गरिएको छ। विजय केरुङको निर्देशनमा बनेको फिल्मले नेपालको सीमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको कथा प्रस्तुत गर्नेछ।

फिल्मको कथा निर्माता शिवाकोटीले लेखेका हुन्। पटकथा तथा संवादलेखनमा शिवम अधिकारी छन्। फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली प्रमुख भूमिकामा छन्। सहायक भूमिकामा बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, गौतम तिवारी सूर्यवंशी, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइरालालगायत कलाकारको अभिनय छ।

दिब्यासी फिल्म्सको ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको फिल्म शिव ढकालको छायांकन, बन्दे प्रसादलको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशनमा बनेको छ।

२०२८ सालमा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक चलचित्र निर्माण भएको थियो। करिब पाँच दशकपछि सोही नाममा नयाँ कथासँगै ‘परिवर्तन’ प्रदर्शन हुनेछ। फिल्म २०८२ सालमै प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: २० साउन २०८२ १६:१२ | Tuesday, August 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast