कक्षा १२ को परीक्षाफल प्रकाशित, ६१.१७ प्रतिशत उत्तीर्ण

हिमाल प्रेस १९ साउन २०८२ १८:४३
58
SHARES
कक्षा १२ को परीक्षाफल प्रकाशित, ६१.१७ प्रतिशत उत्तीर्ण

काठमाडौँ- कक्षा १२ को परीक्षाफल सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाख २१ देखि सञ्चालन भएको परीक्षाको नतिजा सोमबार  सार्वजनिक गरेको हो।

कुल परीक्षार्थीमध्ये नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। ३८.८३ प्रतिशत भने ननग्रेडेड भएका छन्। त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

कक्षा १२ को परीक्षामा ५ लाख १० हजार ९८७ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिक १ लाख १४ हजार ६४० परीक्षार्थी थिए। ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौँबाट ६८ हजारले परीक्षा दिएका थिए।

नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौँ केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो। जेठ २ गते परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षणलगायतको काम सुरु भएको थियो।

शैक्षिक क्यालेन्डरअनुसार साउन १५ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने भए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको बोर्डले जनाएको छ।

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

प्रकाशित: १९ साउन २०८२ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast