कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

हिमाल प्रेस १७ साउन २०८२ २०:५७
36
SHARES
कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।

विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आगो लागेको र आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पंखा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिए।

शनिबार दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुँवा देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहकार्यमा अग्निनियन्त्रक प्रयोग गरी आगो निभाइएको उनले बताए।

प्रकाशित: १७ साउन २०८२ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast