
काठमाडौँ- नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चीनको ग्वान्झोस्थित नेपाली महावाणिज्यदूवतावासको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
ग्वान्झोउको हाइझु जिल्लास्थित यान्जिगाङ रंगशालामा प्रतियोगिता आयोजना भएको हो।
नेपाल र चीनका प्रतिनिधि टोलीबीच भएको खेलले सात दशकको कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य राखेको महावाणिज्यदूतावासले जनाएको छ।
कार्यक्रममा ग्वान्झोउ नगरपालिकाको खेल प्रशासन विभागकी उपमहानिर्देशक लिन यानफेन र ग्वान्झोउका लागि नेपाली महावाणिज्यदूत भरत खनालले सम्बोधन गर्दै खेलकुदले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
ग्वाङडोङ प्रान्तीय सरकारका विदेश मामिला कार्यालयअन्तर्गत एसिया विभागका निर्देशक चेन् चियान पनि कार्यक्रममा सहभागी भएका थिए।
खेलपश्चात आयोजित पुरस्कार वितरण समारोहमा विजेता टोलीलाई ट्रफी तथा पदक प्रदान गरिएको थियो।