बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हिमाल प्रेस १४ साउन २०८२ १६:२७ | Wednesday, July 30, 2025
बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित फाइल तस्बिर

काठमाडौँ-  बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार बागमती प्रदेशको राजधानी हेटौँडामा भएको निर्वाचनमा बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
बानियाँले २२ मत ल्याउँदा उनका प्रतिस्पर्धी बहादुरसिंह लामाले १४ मत प्राप्त गरे। एक मत बदर भएको छ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्। मतदानमा सबैले भाग लिएका थिए।

संसदीय दलका नेता लामामाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि बुधबार मतदान भएको हो। बानियाँको अगुवाईमा उनीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

संसदीय दलका नेताका लागि बानियाँ र लामाबीच दोस्रोपटक प्रतिस्पर्धा भएको हो। यसअघि २०७९ मा बानियाँलाई चार मतले पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए।

लामा संसदीय दलको नेतामा पराजित भएसँगै बागमती प्रदेशमा मुख्यमन्त्री फेरिने निश्चित भएको छ।

प्रकाशित: १४ साउन २०८२ १६:२७ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast