जनतालाई केन्द्रमा राखेर डिजिटल नेपाल निर्माण गर्ने समय आएको छ : देउवा

हिमाल प्रेस ११ साउन २०८२ १७:५९ | Sunday, July 27, 2025
जनतालाई केन्द्रमा राखेर डिजिटल नेपाल निर्माण गर्ने समय आएको छ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एआईलाई सही ढंगले प्रयोग गर्न सकिए विकासको गतिलाई अभूतपूर्व रूपमा तीव्रता दिन सकिने बताएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमता : एक समग्र दृष्टिकोण’ शीर्षकसहितको एकदिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको बताए। उनले जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्ने समय आएको उल्लेख गरे।

कांग्रेस प्रविधि विभागकी संयोजक सुशीला मिश्राले अब एआई विकास यात्राको सशक्त सहयात्री बन्ने बताइन्। यसका जोखिमहरूलाई समेत ध्यानमा राख्दै राणनीतिक नीति निर्माण अनिवार्य रहेको उनको भनाइ थियो।

एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रतिको अज्ञानी भयलाई चिर्दै तथ्यमा आधारित दृष्टिकोण अपनाउन आग्रह गरे।

उनले डेटा इकोसिस्टम, पूर्वाधार, ऊर्जा, एलगोरिदम, नवप्रवर्तन र स्पष्ट नीतिगत सोचमार्फत नेपालले पनि आफ्नै एआई खाका तयार गर्न सक्ने उल्लेख गरे।

प्रकाशित: ११ साउन २०८२ १७:५९ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast