‘मोहर’ को ट्रेलरमा देउकी प्रथा विरूद्धकाे रहस्यमय कथा

हिमाल प्रेस ११ साउन २०८२ ११:३८ | Sunday, July 27, 2025
‘मोहर’ को ट्रेलरमा देउकी प्रथा विरूद्धकाे रहस्यमय कथा

काठमाडौँ- देउकी प्रथामा आधारित फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ। एउटी बालिकालाई देउकी चढाउने विषयबाट सुरू भएको ट्रेलरमा परिवार र समाजबाट हुने अवरोहलाई प्रस्तुत गरिएको छ। साथै प्रेम, विछोड, बदलासहित फिल्ममा सस्पेन्स, थ्रीलर मिसाइएको छ।

ट्रेलरमा अभिनेता पल शाह, अभिनेत्री बेनिशा हमाल र नीति शाह मुख्य भूमिकामा छन्। बेनिशा र नीतिसँगको प्रेमले अभिनेता पलको दोहोरो भूमिकाजस्तो देखिएको छ। ट्रेलर साहिल खानले तयार पारेका हुन्।

फिल्ममा अन्य कलाकार लक्ष्मी गिरी, अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, मिस पवी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र र बाल-कलाकार सारा शर्माको अभिनय छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको फिल्म यही साउन २३ मा प्रर्दशन हुनेछ। फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन निर्देशन, लक्ष्मणराज पौडेलको प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीतमा बनेको छ।

यस्ताे छ ट्रेलर

प्रकाशित: ११ साउन २०८२ ११:३८ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast