सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आउनेको निःशुल्क स्वास्थ्य परीक्षण

हिमाल प्रेस ९ साउन २०८२ १८:२६ | Friday, July 25, 2025
सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आउनेको निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकको सुविधाका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ।

वडाध्यक्ष सन्तोष बास्तोलाले ज्येष्ठ नागरिकको सहुलियतका लागि प्रेसर र सुगर परीक्षण सेवा निःशुल्क रूपमा प्रदान गरिरहेको बताए। कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न सहयोग गर्नु र समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको उनको भनाइ छ।

उनले भत्ता नवीकरणजस्ता सेवा लिन आउँदा साथमा स्वास्थ्य परीक्षण सेवा पनि पाइने भएपछि वडावासी खुसी भएको बताउँछन्।

यो सेवा हालसम्म सयौँ ज्येष्ठ नागरिकले लिइसकेको वडासचिव शारदा सापकोटाले बताइन्। उनका अनुसार स्वास्थ्य स्वयंसेविका एवंम स्वास्थ्यकर्मीहरूको समन्वयमा जारी सेवा साउन महिनाभरि भत्ता नवीकरण कार्यक्रमसँगै जारी रहनेछ।

स्वास्थ्य स्वयंसेविका संयोजक इन्दिरा पन्तले यस किसिमका साना, तर प्रभावकारी कार्यक्रमले समुदायमा जनस्वास्थ्यप्रति चेतना बढाउने बताइन्।

प्रकाशित: ९ साउन २०८२ १८:२६ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast