कास्की कारागारमा टायर बालेर विरोध प्रदर्शन

हिमाल प्रेस ४ साउन २०८२ २१:४३ | Sunday, July 20, 2025
कास्की कारागारमा टायर बालेर विरोध प्रदर्शन कास्की कारागार। फाइल तस्बिर

पोखरा- कास्की कारागारमा कैदीबन्दीहरु विरोधमा उत्रिएका छन्। उनीहरुले आइतबार कारागारमै टायर बाल्दै विरोध प्रदर्शन गरे।

ब्लक ‘ए’ का कैदीबन्दीले पुरानो नाइके प्रवीण गुरुङ हटाएर अजय गुरुङलाई नाइके नियुक्त गरिएको भन्दै यसरी विरोध गरेका हुन्। उनीहरुले नयाँ टाइके अमान्य भएको बताएका छन्। कैदीबन्दीहरुले आफ्नो मागबमोजिमको न‍भई असक्षम, अलोकप्रिय व्यक्ति नियुक्त गरिएको आरोप लगाएका छन्।

अप्रिय घटना हुन नदिन कारागारमा बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको छ। कारागार प्रमुख राजेन्द्र शर्माले आन्तरिक चौकीदार नियुक्तिको विषयमा सामान्य विरोध भएको स्वीकार गर्दै स्थिति नियन्त्रणमा रहेको र छलफलबाट समाधानको प्रयास भइरहेको जानकारी दिए।

कास्की कारागारमा ब्लक ‘ए’ मा ४ सय ६६ जना छन्। यस्तै, ब्लक ‘बी’ मा ४ सय ८० छन्। महिला ब्लकमा ३५ जना कैदीबन्दी राखिएका छन्।

प्रकाशित: ४ साउन २०८२ २१:४३ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast