किन प्रशिक्षणका लागि भारत जाने टोलीमा परेनन् करण, सोमपाल, ललितसहितका खेलाडी?

हिमाल प्रेस ३ साउन २०८२ ७:१४ | Saturday, July 19, 2025
किन प्रशिक्षणका लागि भारत जाने टोलीमा परेनन् करण, सोमपाल, ललितसहितका खेलाडी?

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी २० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि केही सिनियर खेलाडी नपठाउने निर्णय गरेको छ। लामो समयदेखि नेपाली टिमबाट खेल्दै आएका खेलाडी नै प्रशिक्षणमा नजाँदा राष्ट्रिय टोलीमा विवाद बढेको हो कि भनेर चासो राखिएको छ।

तर, उक्त दोस्रो चरणको प्रशिक्षणका लागि सिनियर खेलाडीहरू सोमपालसँगै सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशी जस्ता खेलाडी भने समावेश गरिएको छैन ।

यद्यपि, क्यानका प्रवक्ता छुम्बी लामाले प्रशिक्षक स्टुआर्ट लको योजनाअनुरूप युवा खेलाडीलाई क्याम्पमा पठाइएको बताएका छन् । साथै उनले सिनियर खेलाडीले त्यहाँ प्रशिक्षण गरिसकेको र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप २० खेलाडीलाई मात्र पठाइएको उल्लेख गरेका छन्।

‘प्रशिक्षकको योजनाअनुरूप २० खेलाडीलाई भारतमा पठाएको हो । यो राष्ट्रिय टोली होइन । राष्ट्रिय टोली पछि घोषणा हुन्छ । यहाँ १२ जना खेलाडी प्रशिक्षण बस्नु हुन्छ । दुवै तर, क्याम्प रहन्छ,’क्यानका प्रवक्ता छुम्बीले भने, ‘सिनियर खेलाडीले त्यहाँ खेलिसकेका छन् । नयाँ खेलाडीलाई अवसर दिइएको हो । पछि मर्च गरेर राष्ट्रिय टोली घोषणा हुन्छ ।’

उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सहयोग गरेका छन्।

प्रशिक्षण शिविरमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल र आकाश चन्द र शुभ कंसाकार छन्।

भारत जाने २० खेलाडीको नाम घोषणा गरेको छ।

प्रकाशित: ३ साउन २०८२ ७:१४ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast