सर्वसुलभ, निःशुल्क र जनपक्षीय शिक्षा ऐन माग गर्दै क्रान्तिकारीको प्रदर्शन

हिमाल प्रेस १ साउन २०८२ १३:३३ | Thursday, July 17, 2025
सर्वसुलभ, निःशुल्क र जनपक्षीय शिक्षा ऐन माग गर्दै क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ- सर्वसुलभ, निःशुल्क र जनपक्षीय शिक्षा ऐनको माग गर्दै अखिल (क्रान्तिकारी)ले साउन २ गतेका लागि देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ। संगठनले जनपक्षीय शिक्षाका सवालमा सरकार गम्भीर नबनेको आरोप लगाएको छ।

शैक्षिक हडतालको पूर्वसन्ध्यामा संगठनले बुधबार साँझ राजधानीको सिंहदरबार नजिकै मशाल जुलुस निकालेको थियो। जुलुसमा सहभागी विद्यार्थीहरूले ‘‘दलाली शिक्षा मुर्दावाद’’ , ‘‘शिक्षामन्त्री होस् गर’’ जस्ता नाराहरू लगाएका थिए।

क्रान्तिकारीले वर्तमान शिक्षा ऐन जनविरोधी भएको आरोप लगाउँदै सर्वसुलभ र समान पहुँचको शिक्षाका लागि ऐन संशोधन अनिवार्य रहेको जनाएको छ। संगठनले हडताल सफल पार्न विद्यार्थी, शिक्षक तथा आम नागरिकसँग ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।

प्रकाशित: १ साउन २०८२ १३:३३ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast