घुसकाण्ड र मानव तस्करीबारे निष्पक्ष छानबिन होस् : सांसदहरू

हिमाल प्रेस ३१ असार २०८२ १४:५१ | Tuesday, July 15, 2025
घुसकाण्ड र मानव तस्करीबारे निष्पक्ष छानबिन होस् : सांसदहरू

काठमाडौँ- ‘भिजिट भिसा’ र मन्त्रीको घुसकाण्डको अडियो टेप प्रकरणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरूले माग गरेका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले उठेर विरोध जनाए।

त्यसपछि सभामुख घिमिरेले रास्वपाका तर्फबाट निर्वाचित सांसद शिव नेपालीलाई समय दिए। उनले अध्यागमन विभागबाट भएको मानव तस्करीबारे छानबिन गर्न माग गर्दै २०७८ माघ ११ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाड नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे।

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा नदिए समस्या समाधान नहुने बताए। उनले मन्त्रीको श्रव्य सामग्री सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनुर्नेमा जोड दिए।

उनले बोलिरहेका बेला नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद सुनिता बरालले प्रधानमन्त्रीको नेतृत्वमाथि आरोप लगाएर बोलेको विषय संसद्को अभिलेखबाट हटाउन माग गरिन्। सभामुख घिमिरेले सांसदहरूले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको सदनलाई जानकारी गराए।

प्रकाशित: ३१ असार २०८२ १४:५१ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast