फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सहभागी

हिमाल प्रेस ३० असार २०८२ २०:०७ | Monday, July 14, 2025
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सहभागी

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले सोमबार आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्।

त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै रादजूत कोर्तभालले फ्रान्स–नेपालबीचको ७६ वर्षदेखिको पारस्पिरिक सम्बन्ध वर्तमानमा अझ सुदृढ बन्दै गएको बताए। उनले हालै सम्पन्न द्विपक्षीय परामर्शमा जलवायु परिवर्तनका क्षेत्रमा साझेदारी बढाउने बारेमा गहन छलफल भएको जानकारी दिए।

अन्नपूर्ण आरोहणको ७५ औँ वार्षिकोत्सव यस वर्ष परेकाले वर्षभरी पर्वतीय विषयमा केन्द्रित रहेर दुई देशले विविध कार्यक्रम आयोजना गरिरहेको बताउँदै फ्रान्सेली राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका फ्रान्सेली नागरिकलगायतका व्यक्तिहरुको उपस्थिति थियो।

प्रकाशित: ३० असार २०८२ २०:०७ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast