संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विशन

हिमाल प्रेस २९ असार २०८२ २०:१२ | Sunday, July 13, 2025
संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विशन

पोखरा- संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा विशन क्षत्री निर्वाचित भएका छन्। पोखरामा आइतबार मञ्चको छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा उनले अध्यक्षका प्रत्यासी रोहितराज पराजुलीलाई मात्र ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

कुल ३६ मतदातामध्ये शतप्रतिशत मत खसेकामा विशनले २० मत ल्याएका थिए। पर्वत स्थायी घर भएका उनी बाह्रखरी अनलाइन र ढोरपाटन दैनिकमा कार्यरत छन्।

मञ्चको सचिव, सहसचिव तथा कार्यसमिति सदस्यमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मतदान भएको हो। उपाध्यक्षमा अनुप पौडेल र कोषाध्यक्षमा ऋषिराम बराल निर्वाचित हुँदा सहसचिवमा युनिश गुरुङ र सहसचिवमा उमा आले निर्विरोध भएका हुन्।

उपाध्यक्षका उम्मेदवार अनुप पौडेलले युवराज श्रेष्ठलाई पराजित गर्दा कोषाध्यक्षमा ऋषिराम बरालले फणिन्द्र अधिकारीलाई पराजित गरेका हुन्।

सदस्यमा दुर्गा राना मगर, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल सर्वसम्मत भए। त्यसअघि अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको सभाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए।

प्रकाशित: २९ असार २०८२ २०:१२ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast