प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

हिमाल प्रेस २९ असार २०८२ १३:३० | Sunday, July 13, 2025
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हालेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक-२०८२’ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक-२०८२’ प्रस्तुत गर्दैछन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २९ असार २०८२ १३:३० | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast