यू–१९ का तीन खेलाडी एक महिने प्रशिक्षणका लागि भारत जाँदै

हिमाल प्रेस २७ असार २०८२ १६:३५ | Friday, July 11, 2025
यू–१९ का तीन खेलाडी एक महिने प्रशिक्षणका लागि भारत जाँदै

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले घोषणा गरेको ‘एम्बेसेडर क्रिकेट फेलोसिफ पर नेपाली युथ’ अन्तर्गत नेपाली यू–१९ का तीन खेलाडीलाई भारतमा प्रशिक्षण दिइने भएको छ। फेलोसिपअन्तर्गत छनोटमा परेका यू–१९ राष्ट्रिय टोलीका नरेन भट्ट, साहिल पटेल र पूजा महतोले भारतमा प्रशिक्षण लिने भएका हुन्।

उनीहरूलाई मध्य प्रदेशको भोपालास्थित एलबी शास्त्री क्रिकेट रंगशालामा एक महिनाको व्यावसायिक प्रशिक्षण दिइने भारतीय दूतावासले जनाएको छ।

प्रशिक्षण कार्यक्रम १५ जुलाईदेखि १४ अगस्तसम्म सञ्चालन हुनेछ।

प्रशिक्षणका लागि छनोटमा परेका खेलाडीहरूसँग भेटका क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली युवा खेलाडीहरूलाई व्यावसायिक स्तरमा अभ्यस्त गराउनुका साथ भारत–नेपालबीचको जनस्तर सम्बन्धलाई क्रिकेटमार्फत थप सुदृढ गर्नु रहेको बताए।

यो कार्यक्रमले नेपाली क्रिकेटको समग्र विकासमा टेवा पुर्‍याउने दूतावासले अपेक्षा गरेको छ। साथै यो प्रशिक्षणमार्फत खेलाडीहरूको सीपमा उल्लेखनीय सुधार ल्याउने र नेपालका दीर्घकालीन क्रिकेटको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने दूतावासले विश्वास लिएको छ।

प्रकाशित: २७ असार २०८२ १६:३५ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast