मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

हिमाल प्रेस २७ असार २०८२ ११:५४ | Friday, July 11, 2025
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै छ। राष्ट्र बैंकले अपराह्न १२ः२० बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो। उक्त कार्यक्रम नेपाल टेलिभिजन, नेपाल राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रत्यक्ष प्रसारण गरिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त भएपछि पहिलोपल्ट मौद्रिक नीति आउन लागेको हो।

पौडेलले अबको मौद्रिक नीति कृषि र उद्योग क्षेत्रमैत्री हुने बताउँदै आएका छन्। यसैगरी राज्यले लगानीको अवसर खोज्नुपर्ने उनको धारणा रहँदै आएको छ।

कर्जा प्रवाह बढाउँदैमा उद्यमी व्यवसायी र अर्थतन्त्र विस्तार नहुने उनको बुझाइ छ। उनले त्यसका लागि उद्यमी व्यवसायीसँग जोडिएका अन्य पक्ष तथा पूर्वाधारको पनि विकास हुन जरुरी रहेको केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बताएका थिए।

उनले भनेका थिए, ‘पैसा पाउँदैमा मात्र उद्यमी बन्न सम्भव छैन। कर्जा बढाउन भनेर जबरजस्ती गर्दा त्यो डुब्छ। त्यसैले राज्यले पनि लगानीका अवसर खोजिदिनुपर्छ।’

प्रकाशित: २७ असार २०८२ ११:५४ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast