
काठमाडौँ- थारु संस्कृतिमा आधारित कलाकार मनुकुमार चौधरीको एकल कला प्रदर्शनी काठमाडौँमा सुरु भएको छ। चौधरीका चित्रहरुले थारु समुदायका मानिसहरूको दैनिक जीवन, रीतिरिवाज र संस्कृतिलाई झल्काएको छ।
तारागाउँ नेक्स्टको आयोजना भएको प्रदर्शनी तारागाउँ सङ्ग्रहालयमा चलिरहेकाे छ। प्रदर्शनीमा खुला आकाशमुनि पुरानो तरिकाले कृषि गरिरहेको दृश्य, थारु समुदायका महिलाहरुको शान्त र निर्णायक भूमिकालगायतका विषयलाई प्रस्तुत गरिएको छ।
कलाकार चौधरीले समुदायले सम्मान गर्ने देवताहरूलाई प्रतिविम्बित गरि बनाएको चित्रहरुलाई पनि प्र्रर्दशनीमा राखिएको बताए।
प्रर्दशनीमा मनुका कृतिहरूमा थारु महिलाहरुको दैनिक जीवनलाई कोमलतापूर्वक चित्रण गरिएको छ। जसमा श्रम, हाँसो, गीत र कथाका कुराहरुलाई समावेश छ।
नयाँ उदायमान कलाकारको कलालाई आर्टिस्ट इन स्टुडियोमा राखेर प्रदर्शनी गरिएको तारागाउँ सङ्ग्रहालयका निर्देशक रोशन मिश्रले बताए। प्रदर्शनी असार २८ गते सम्म चल्ने छ।