मलेसियाका लगानीकर्तासँग अर्थमन्त्रीको आग्रह : नेपालमा लगानी गर्नुस्

हिमाल प्रेस २० असार २०८२ १५:१०
8
SHARES
मलेसियाका लगानीकर्तासँग अर्थमन्त्रीको आग्रह : नेपालमा लगानी गर्नुस्

काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तासँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गरेका हुन्।

अर्थमन्त्री पौडेलले भने, ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ। हाम्रा नीतिहरू लगानीमैत्री छन्। लगानीका क्षेत्रहरू पहिचान गरी अघि बढनुहोस्, सरकार आवश्यक सहयोग गर्न र सहजीकरण गर्न तयार छ।’

प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत, पूर्वधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए।

प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए।

प्रकाशित: २० असार २०८२ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast