
काठमाडौँ- फिल्म ‘कुम्भ’ आगामी मंसिर १२ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै मंसिर १२ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।
फिल्म रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको छ। रन्धिर केही वर्षयता म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय छन्। ‘कुम्भ’ को छायांकन पनि उनले नै गरेका छन्।
नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने भनिएको एक्सन जनरामा आधारित छ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर र नवनायक अशोक आर्यनको अभिनय छ। अन्य कलाकारमा सुनिल थापा, सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा, सृष्टि खड्कालगायत कलाकारको अभिनय गरेका छन्।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको हो। फिल्म सम्राट बस्नेतको द्वन्द्व निर्देशन, संदेश शाह र ध्रुवराज पराजुलीको सम्पादनमा बनेको छ। फिल्म निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साहको सहकार्य छ। कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती छन्।