‘रामायण’ मा राम बने अभिनेता रणवीर

हिमाल प्रेस १९ असार २०८२ १६:२५
16
SHARES
‘रामायण’ मा राम बने अभिनेता रणवीर

काठमाडौँ- बलिउड फिल्म ‘रामायण’ को एक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले  तीन मिनेट तीन सेकेन्डकाे भिडियाेमार्फत पाेस्टर सार्वजनिक गरिएकाे हाे।

पोस्टरमा भगवान् रामको भूमिकामा बलिउड अभिनेता रणवीर कपूर देखिएका छन्। उनी धनुष/वाण चलाइरहेको देख्न सकिन्छ।

फिल्ममा रावणको भूमिकामा अभिनेता यश र माता सीताको भूमिकामा साई पल्लवी छिन्। हनुमानको भूमिकामा सनी देओल देखिनेछन् भने लक्ष्मणको भूमिकामा रवि दुबे छन्। श्रीधर राधवमको कथा रहेको फिल्म नितेश तिवारीको निर्देशनमा निर्माण भइरहेको छ।

प्राइम फोकस स्टुडियोको प्रस्तुति रहेको फिलम दुई भागमा प्रदर्शन हुनेछ। पहिलो भाग आगामी वर्ष अंगे्रजी २०२६ को तिहारमा प्रदर्शन गर्ने टिमको तयारी छ। र दोस्रो भाग वर्ष अंगे्रजी २०२६ को तिहारमा गर्ने पोस्टरमा उल्लेख छ।

यस्तो छ वर्ल्ड अफ रामायण युट्युब च्यानलबाट सार्वजनिक भिडियो

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast