‘यानीमाया’ मा मोडल अञ्जना पुन अनुबन्धित

हिमाल प्रेस १६ असार २०८२ ११:०७ | Monday, June 30, 2025
‘यानीमाया’ मा मोडल अञ्जना पुन अनुबन्धित

काठमाडौँ- फिल्म ‘यानीमाया’ मा कोडल अञ्जना पुन अनुबन्धित भएकी छन्। उनी फिल्मको मुख्य भूमिकामा देखिने निर्माण टिमले जनाएको छ।

एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यही फिल्मबाट रजतपटमा डेब्यु गर्न लागेकी हुन्। अञ्जनाले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितेकी छिन्। सन् २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ अवार्ड पाएकी थिइन्। मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन्। उनले ‘बधाई तिमीलाई’ ‘मायालाई पाको पात’, ‘आगो लाग्यो’ लगायतका केही गीतको भिडियोमा अभिनय गरिसकेकी छिन्।

पल शाह फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिल्म हो। विकास सुवेदीको लेखन तथा निर्देशनमा बन्ने  फिल्मको कथामा अन्तरपुस्ताबीचको द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको संघर्षका विषय समेटिने टिमको दाबी छ।

आगामी साउनदेखि छायांकन हुने भनिएको फिल्म बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू कैद गरिनेछ।
फिल्मका निर्माता अभिनेता पल शाह र चन्द्रज्योति आले हुन्।

प्रकाशित: १६ असार २०८२ ११:०७ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast