पाकिस्तान–नेपाल बाल उद्यानको उद्घाटन सम्पन्न

हिमाल प्रेस १३ असार २०८२ २०:५७ | Friday, June 27, 2025
पाकिस्तान–नेपाल बाल उद्यानको उद्घाटन सम्पन्न

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तानी दूतावासले बुढानीलकण्ठ नगरपालिकामा निर्माण गरेको ‘पाकिस्तान–नेपाल चिल्ड्रेन पार्क’ हस्तान्तरण गरेको छ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले बुढानीलकण्ठ नगरपालिका–८ मा निर्माण गरिएको पार्क उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै राजदूत हाश्मीले बालबालिका तथा सबै उमेर समूहका लागि पार्क निर्माणमा सहयोग पु¥याउने बुढानीलकण्ठ नगरपालिका र दूतावासका कर्मचारीहरूप्रति आभार व्यक्त गरे।

पाकिस्तानका बालबालिका र जनताका तर्फबाट गुल्कफ्तार समुदायका बालबालिकाका लागि उपहारको रुपमा प्रदान गरिएको उनले बताए।

बुढानीलकण्ठ नगरपालिकाका मेयर मिथाराम अधिकारीलगायतका अतिथिहरूले पाकिस्तान सरकार तथा जनताबाट प्राप्त बाल उद्यानका लागि धन्यवाद दिँदै नेपाल–पाकिस्तान मित्रताको प्रतीकको रुपमा काम गर्ने उल्लेख गरे।

स्थानीयवासिन्दा तथा नागरिक समाजका प्रतिनिधिहरूले पार्क पुनः निर्माणका लागि पाकिस्तानी दूतावास र नगरपालिका प्रशासनलाई धन्यवाद दिँदै नयाँ संरचनाले बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि लाभदायी हुने विश्वास व्यक्त गरे।

पछिल्लो तीन वर्षमा पाकिस्तानी दूतावासले काठमाडौँ र बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा निर्माण तथा पुनः निर्माण गरेको यो तेस्रो बाल उद्यान हो।

उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख अधिकारीसहित, कार्यपालिका सदस्य विनोद थापा, लायन्स इन्टरनेसनलका गभर्नर हिराप्रसाद गुप्ता, एचआरएस एडभेन्चर्सका अध्यक्ष रामप्रसाद उपाध्याय, फ्रन्टियर ग्लोबल फाउन्डेसन एसियाका महासचिव शिरोमणि शर्मालगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १३ असार २०८२ २०:५७ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast