प्रहरी विधेयक सदनमा चाँडै पेस गर्ने वातावरण बनाइदिन गृहमन्त्रीको आग्रह

हिमाल प्रेस ११ असार २०८२ १६:२८
16
SHARES
प्रहरी विधेयक सदनमा चाँडै पेस गर्ने वातावरण बनाइदिन गृहमन्त्रीको आग्रह

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन गर्न तयार गरिएको विधेयकलाई असारभित्रै प्रतिनिधिसभामा पेस गर्न सहयोग गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको जानकारी दिँदै सकेसम्म चाँडो समितिबाट पारित गरी सदनमा पेस गर्ने वातावरण बनाउन अनुरोध गरे।

‘आजदेखि नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार गरिएको विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘२०७० सालपछि प्रहरीसम्बन्धी कानुन निर्माण गर्न लागिएको हो। यो मेरो व्यक्तिगत तथा मन्त्रालयको प्राथमिकता हो। विधेयक टुंगो लगाउन आवश्यक समय छलफलका लागि दिने हो भने हामी पूर्ण रूपमा तयार छौँ।’

उनले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो पनि चाँडै टुंगो लगाइदिन समिति समक्ष आग्रह गरे। ‘गृह मन्त्रालयअन्तर्गत अन्य विधेयकहरू पनि प्रक्रियामा छन्,’ उनले भने,‘यी विधेयकहरूलाई प्राथमिकता दिएर छलफल गरिदिनुभएकोमा समितिका माननीय सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु।’

प्रकाशित: ११ असार २०८२ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast