गाईघाट (उदयपुर)- उदयपुरको रौतामाई गाउँपालिका-२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ।
रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएको हो।
यस्तै ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विकले बताए। उनी लामो समयदेखि बिरामी थिए। वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आज (आइतबार) दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका थिए। रासस
प्रकाशित: ८ असार २०८२ १९:४८ | Sunday, June 22, 2025
प्रतिक्रिया




