विभिन्न सहरमा मनाइयो ११ औँ अन्तर्राष्ट्रिय योग दिवस

हिमाल प्रेस ७ असार २०८२ १७:४१
14
SHARES
विभिन्न सहरमा मनाइयो ११ औँ अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौँ- ११ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालभर विभिन्न सहरहरूमा भव्य कार्यक्रमहरूको आयोजना गरिएको छ।

‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने मूल नाराका साथ भारत सरकारको पहलमा काठमाडौँस्थित भारतीय राजदूतावास र वीगरन्जस्थित भारतीय महावाणिज्य दूतावासले संयुक्तरूपमा योग दिवस मनाएका हुन्।

राजदूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौडौँ, रौतहटसहित विभिन्न १० सहर तथा नगरपालिकाहरूमा विविध योग सत्र प्रदर्शन गरी अन्तर्राष्ट्रिय योग दिवस मनाएको हो।

योग दिवसको तयारीस्वरूप गत वर्ष चैत २५ गते पशुपतिनाथ मन्दिर परिसरमा शुभारम्भ कार्यक्रम आयोजना गरिएको थियो। त्यसपछि काठमाडौँ उपत्यकाका काठमाडौँ दरबार स्क्वायर, बौद्ध, स्वयम्भु, चाँगुनारायण र पाटन दरबार स्क्वायरमा क्रमशः योग प्रदर्शन गरिएको थियो

त्यस्तै गत जेठ ३० गते काठमाडौँस्थित केन्द्रीय विद्यालयमा १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र आयोजना गरिएको थियो। कार्यक्रममा ‘सात्विक आहारका फाइदा’ का विषयमा प्रस्तुति दिइएको थियो। यस वर्षको असार १ गते इसिमोडको मुख्यालयमा इसिमोड र भारतीय राजदूतावासको सहकार्यमा योग सत्र सञ्चालन गरिएको थियो।

त्यस्तै दूतावासले मध्यनेपाल नगरपालिकासँग सहकार्य गर्दै लमजुङमा असार ५ गते योग प्रदर्शन ग¥यो। पोखराका तीन प्रमुख स्थानहरू सारङकोट, पुम्दीकोट शिव मन्दिर र शान्ति स्तुपमा योग कार्यक्रम सञ्चालन भएको थियो।

शुक्रबार फेवातालको किनारमा आयोजित वृहत् ध्यानसत्रमा पाँच सयभन्दा बढी सहभागी भएका थिए। यसै दिन लुम्बिनी विकास कोषमा आयोजित अर्को कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थिति रहेको थियो।

त्यस्तै अन्तर्राष्ट्रिय योग दिवस समारोहअन्तर्गत शनिबार पोखरा रंगशालामा आयोजित योग कार्यक्रममा सात हजारभन्दा बढी योग अभ्यासकर्ता सहभागी भएका थिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगले भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध बलियो बनाएको उल्लेख गरे।

त्यस्तै भारतीय महावाणिज्य दूतावासले जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुरमा पनि योग दिवससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

भारतीय दूतावासले योगजस्ता पहलकदमीहरू मार्फत नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध सुदृढ बनाउने तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित: ७ असार २०८२ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast