सुदूरपश्चिम रोयल्सले फिर्ता बोलायो ऐरीसहित ६ खेलाडीलाई

हिमाल प्रेस ७ असार २०८२ ११:२१
22
SHARES
सुदूरपश्चिम रोयल्सले फिर्ता बोलायो ऐरीसहित ६ खेलाडीलाई

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ।

साविक उपविजेता सुदूरपश्चिमले शनिबार रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। पहिलो सिजन खेलेका ६ खेलाडी अब दोस्रो सिजन पनि सुदूरपश्चिममै रहनेछन्।

टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको छ। यस्तै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई पनि कायम राखको छ।

अन्य खेलाडीहरू अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने रिलिज गरेको छ।

पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्टस् सँग पराजित भएको थियो।

प्रकाशित: ७ असार २०८२ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast